दफा १६
प्रमुख स्टाण्डर्ड
: (१) नेपाल सरकारले दफा ८घ. वा उल्लेख गरिएको स्टाण्डर्ड राशी र नाप वा त्यसको अपवत्र्य वा अपवर्त अंश (मल्टिपल्स वा सव–मल्टिपल्स) को सेट बनाउन लगाउन सक्नेछ । त्यस्तो सेटलाई प्रमुख स्टाण्डर्ड भनिनेछ ।
(२) प्रमुख स्टाण्डर्ड तोकिएको वस्तु, डिजायन तथा विवरणको हुनेछ । त्यसलाई तोकिएको व्यक्ति वा अधिकारीले प्रमाणित गरी टाँचा लगाई विभागमा तोकिए बमोजिम राख्नेछ तथा तोकिए बमोजिमको प्रत्येक अवधिभित्र त्यसलाई राष्ट्रिय स्टाण्डर्डसंग जाँची त्यसमा सो जाँचेको मिति सहितको निस्सा लगाउनु पर्छ ।